काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरणमा खुद नाफा बढेको देखिएको हो ।
यसअवधिमा खुद नाफा ६३.७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बीमा शुल्क आर्जन २७.५२ प्रतिशतले बढेर ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।



About Us
प्रतिक्रिया