सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ प्रतिशतले बढ्यो


काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद बीमा शुल्क र नाफा दुबै बढेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/ ८१ को दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद बीमा शुल्क र नाफा दुबै बढेकाे देखिएकाे हाे ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीकाे मुनाफा २१ प्रतिशतले वृद्धि भएर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत बषको सोहि अवधिमा कम्पनीको मुनाफा८ करोड ७३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ८६ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको हो ।