बैंकिङ समाचार ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।
बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटो भन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिँदै आएको थियो । समितिको निर्देशनसँगै कम्पनीले खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया