बैंकिङ समाचार ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले नेपाल बैंक Nepal Bank Limited मा खाता खोलेका छन् । चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एप मार्फत नै बैंकमा अनलाइन खाता खोलेका हुन् ।
नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।
बैंकले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया