काठमाडौं – कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै बिहीबार ३ अर्ब १२ करोडको कारोबार भयो । आज ९१ लाख ७१ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।बुधबार २ अर्ब ८४ करोडको कारोबार भएको थियाे ।
आज १३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया