सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छः मन्त्री शर्मा


काठमाडौं – सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको जानकारी दिएकी छिन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । साइबर सुरक्षाको कुरा । सूचना र प्रविधिको असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेका छौँ ।’

नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको पनि उनले बताइन् । (न्युज एजेन्सी नेपाल)