काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक वित्तिय विवरणमा कम्पनीको दोस्रो त्रैमाससम्मको खुद नाफा ६१.४१ प्रतिशत रहेको छ।
कम्पनीले अघिल्लो वर्षको यहीँ अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च, वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो ।
यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो ।
प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ ।
प्रतिक्रिया