अन्तर्राष्ट्रिय

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने


काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका छन् । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गरेका हुन् ।

सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पु¥याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताए । आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उनको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ ।

गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताए। भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सहभागीहरू ९ सय भन्दा बढी प्रदर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । (एजेन्सी)