अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा कामदार लक्षित बन्यो नयाँ कानुन, ड्युटी सकिएपछि फोन गरे मालिक कारबाहीमा पर्ने


काठमाडौं – अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य कामदारहरुले ड्युटी सकिएपछि मालिकको फोन उठाउन नपर्ने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राइट टु डिसकनेक्ट अर्थात सम्पर्कविहीन हुने अधिकारका रुपमा यो कानुनलाई ल्याउन लागिएको हो । उक्त कानुनअनुसार कामदारहरुले कार्य समयभन्दा बाहेकको समयमा आउने अनावश्यक फोन तथा म्यासेजहरुलाई बेवास्ता गर्न सक्नेछन् ।

अझ रोचक कुरा के छ ? भने , फाेन नउठाएमा उनीहरुलई कुनै पनि किसिमको सजाय तथा जरिवाना हुने छैन । बरु मालिक भने कानुनको उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्न सक्नेछन् ।

अष्ट्रेलियाको संसदमा पेश गरिएको यो विधेयक पारित भएपछि कर्मचारीहरुले आफ्नो व्यक्तिगत जीवनप्रतिको अधिकारलाई सुनिश्चित गर्ने विश्वास गरिएको छ ।अष्ट्रेलियामा थुप्रै नेपाली विद्यार्थीहरु पढ्दै कमाउनका लागि गएका छन्। यो विधेयक संसदबाट पारित भएपछि उनीहरुलाई पनि राहत पुग्ने देखिन्छ।

कामदारहरूले राइट टु डिसकनेक्ट अर्थात सम्पर्कविहीन हुन पाउने कानुन यसअघि फ्रान्स, स्पेन र युरोपेली संघका विभिन्न देशहरुमा लागू भइसकेका छन् ।