काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिकअनुसार गर्दैकम्पनी नाफामा देखिएको छ । यो अवधिमा कम्पनीको खुद नाफा १२.८ प्रतिशतले वृद्धि भएके जनाएको छ ।
१२.८ प्रतिशतले वृद्धि कम्पनीको खुद नाफा ४२ करोड ७७ लाख रुपैयाँ खुपुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३७ करोड ८८ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियमसँगै कर्जा र लगानीवापतको आम्दानी पनि ढेको छ । योसँगै दोस्रो त्रैमाससम्मा कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४० करोड थियो । साथै कर्जा तथा लगानीवापतको आम्दानी दोस्रो त्रैमाससम्ममा ७ अर्ब ४८ करोड छ । गत वर्ष यस्तो आम्दानी ६ अर्ब ५४ करोड रहेको थियो ।



About Us
प्रतिक्रिया