एनएमबि बैंकको खुद नाफा ८७ % ले बढ्यो , वितरणयोग्य नाफा कति ? 

एनएमबि बैंकको खुद नाफा ८७ % ले बढ्यो , वितरणयोग्य नाफा कति ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा ८७.८० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकको खुद नाफा १ अर्ब ३३ करोड रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  आईपुग्दा बैंकको नाफा बढेर २ अर्ब ५१ करोड पुगेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २७ करोड रहेको छ । 

यस अवधिमा बैंकको संचालन मुनाफा ८६.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड पुगेको छ  । बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १८ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने कर्जा प्रवाह २८.१९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा २.४८ प्रतिशतबाट घटेर १.९७ प्रतिशत कायम भएको छ  ।

१६ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७ अर्ब ३९ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.५५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.३२ रुपैयाँ रहेको छ ।