मेगा बैंकको नाफा २ अर्ब नजिक, अन्य सूचक कस्ता ? 

मेगा बैंकको नाफा २ अर्ब नजिक, अन्य सूचक कस्ता ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंकको खुद नाफा ३५.९५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४५ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब ९७ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २९ करोड रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी २८.४२ प्रतिशतले बढेर ४ अर्ब ८ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ४.२७ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह २०.३७ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट घटेर १.३१ प्रतिशत पुगेको छ । १४ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब २५ करोड रहेको छ  ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी  १७.९५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३५.८६ रुपैयाँ रहेको छ ।