घलेम्दी हाइड्रोको सेयर लिलामीमा आवेदन दिने मिति आज अन्तिम


काठमाडौं– घलेम्दी हाइड्रो लिमिटेडको सेयर लिलामीमा आवेदन दिने मिति आज अन्तिम रहेको छ । माघ १० गतेदेखि निष्काशन गरेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा आवेदन दिने मिति आज अन्तिम हो ।

कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको थियो । तर लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र पेस गर्नुपर्नेछ। न्यूनतम १०० कित्ता शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिनुपर्नेछ ।