काठमाडौं– स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद नाफा ८२ प्रतिशतले घटेको जानकारी दिएको छ ।
विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा यस्तो नाफा २४ करोड १ लाख रुपैयाँ थियो ।
कम्पनीको दोश्रो त्रैमाससम्म निष्क्रिय कर्जा ११.३५ प्रतिशत पुगेको छ । गत वर्ष यस अवधिमा यस्तो कर्जा ७.१ प्रतिशत थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको हो । यो वर्षको दोश्रो त्रैमासमा खुद ब्याज आम्दानी ६६ करोड ६६ लाख रहेको छ भने गत वर्ष यस्तो आम्दानी ७१ करोड रहेको कम्पनीको विवरणमा उल्लेख छ ।



About Us
प्रतिक्रिया