काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सभापति लामिछानेले सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।
उनले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताए ।
उनले भने ,‘जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएका छौं । बाँकी सरकारमा निर्भर गर्छ । आवश्यकता भन्दा बाहिरका कानूनहरु संसदमा ल्याउने भनिएको छ । ४० कानून आवश्यक भनिएको छ । त्यसमा सम्पती शुद्धिकरणका कुराहरु छन् । वित्तीय संस्थाहरुमा देखिएको चरम निराशाको अवस्थामा बैंक सहकारी लगायतमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्छ की पदैनन् । यस्ता विषयहरु सरकारको प्राथमिकतामा परोस् ।’



About Us
प्रतिक्रिया