काठमाडौं,
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख ६४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
जसमा प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता र स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको १ लाख ५९ हजार ४५ कित्ता रहेको छ।
इच्छुक संस्थापक शेयरधनीले तोकिएको मिति काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ।



About Us
प्रतिक्रिया