सिभिल बैंकको कामू सीईओमा पोखरेल नियुक्त

सिभिल बैंकको कामू सीईओमा पोखरेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत(कामू सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैशाख ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।