स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी


काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । सहायक ‘चार’ तह र उपसहायक ‘चार–क’ तहको पद रिक्त भएपछि लघुवित्तले कर्मचारी माग गरेको हो ।

सोमबार सूचना जारी गर्दै लघुवित्तले सहायक ‘चार’ तहको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जानकारी दिएको छ ।

यस्तै उपसहायक ‘चार–क’ तहमा कक्षा १० (एसईई) वा सो सरह उत्तीर्ण गरेकाले पनि आवदेन दिन सकिने जनाइएको छ । योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।