ज्योति विकास बैंकको खुद नाफा ३८ % ले बढ्यो , वितरणयोग्य कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ६० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेर ६० करोड २५ लाख पुगेको हो ।

जसमा गैर संचालन आम्दानीको योगदान ठूलो छ । समिक्षा अवधिमा बैंकले ४३ करोड ६ लाख रुपैयाँ गैर संचालन आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड पुगेको छ भने कर्जा प्रवाह ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ करोड ८ अर्बबाट ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड कायम भएको छ ।

३ अर्ब ८४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १ अर्ब २८ करोड रहेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशतबाट घटेर ०.५८ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.८९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३३.५३ रुपैयाँ रहेको छ ।