सेयर नपरेकाहरुको रकम फिर्ता गर्दै अपर तामाकोशी

सेयर नपरेकाहरुको रकम फिर्ता गर्दै अपर तामाकोशी


काठमाडौं– अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सेयर नपरेका लगानीकर्ताको रकम फिर्ता गर्ने भएको छ ।

कम्पनीले लिलामीमा ल्याएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ताको बाँडफाँड माघ १७ गते भएको थियो । त्यसैअनुरुप आवेदन दिएर पनि नपरेकाहरूलाई कम्पनीले आजदेखि रकम फिर्ता गर्न लागको हो ।

कम्पनीले आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएसमार्फत लगानीकर्ताहरूलाई रकमान्तर गर्न लागेको जनाएको छ ।