चलनचल्तीका कतारी नोट वैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको निर्देशन

चलनचल्तीका कतारी नोट वैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले कतारी रियालका नोटहरू यही वैशाख २७ गतेभित्र साटिसक्न निर्देशन जारी गरेको छ।

कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल नोट आगामी जुलाई १ पछि हटाउने निर्णय गरेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो। मंगलबार एक सूचना जारी गरी राष्ट्र बैंकले वैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी दिएको छ।

यस्तो नोट राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने उक्त बैंकका प्रादेशिक कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनि चेन्जरहरूबाट सटही गर्न सकिने सूचनामा उल्लेख छ।

\"\"