काठमाडौं– कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले निक्षेपमा राख्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त रकम योग्य बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो।
बैंकले कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुमा राख्ने छ । यसैगरी विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ राष्ट्र बैंकले छुट्याएको छ ।
बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्मको लागि उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त हाल्न आह्वान गरेको छ । साथै फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया