काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १६ करोड २८ लाख रुपैयाँ थियो । ब्याज आम्दानीका अलवा फी तथा कमिसन आय घट्नुले नाफामा असर परेको देखिन्छ ।
कम्पनीको इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) पनि घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा इम्पेरिमेन्ट चार्ज ४ करोड ९२ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा २ करोड ६३ लाख रुपैयाँ छ ।
कम्पनीले ऋणीबाट समयमै कर्जा असुली गर्न नसक्दा निष्क्रिय कर्जा बढेको देखिन्छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंक ७.८५ प्रतिशत रहेको छ । गत वर्ष पुस मसान्तसम्म यस्तो कर्जा ४.९४ प्रतिशत थियो ।
प्रतिक्रिया