काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते साधारणसभा बस्ने भएको छ । लघुवित्तको साधारणसभा धुलिखेल अवस्थित होटल सारथीमा बिहान ११ बजे बोलाइएको हो।
सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले संस्थापक शेयर साधारण शेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना निर्वाचन गर्नेछ।
प्रतिक्रिया