साताको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट

साताको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट


काठमाडौं– साताको पहिलो कारोबार दिनमै नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.३१ प्रतिशतले घटेर २,०६१. ७० को विन्दुमा पुगि बन्द भएको हो ।

आइतबार ३ सय ७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ पुगेको हो ।

आज १ सय ४ कम्पनीको सेयर बढेको छ भने १ सय ३२ कम्पनीको सेयर कारोबार घटेको छ । ११ कम्पनीको सेयर स्थिर छ ।