अन्तर्राष्ट्रिय

क्यामरुनले इन्धनको मूल्य बढायो

क्यामरुनले इन्धनको मूल्य बढायो


काठमाडाैं – क्यामरुन सरकारले इन्धनको मूल्य बढाएको छ । शनिवारदेखि लागू हुने गरेर सरकारले इन्धनको मूल्य बढाएको हो । प्रधानमन्त्री कार्यालयका महासचिव सेराफिन म्याग्लोइर फौडाले यसबारेमा जानकारी दिए ।

प्रतिलिटर १.२१ अमेरिकी डलरबाट १.३९ अमेरिकी डलर सम्मको मूल्य बढाएको हो । उनले राज्यले सामना गरिरहेको बढ्दो बजेटको अवरोधलाई आत्मसाथ गर्न र देशको बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा दबाब हुन नदिन मूल्यवृद्धि गरिएको बताए ।

मूल्यवृद्धिसँगै निजामती कर्मचारीको आधारभूत तलव ५ प्रतिशतले बढाइने र सडक यातायात क्षेत्रमा लाग्ने ‘निश्चित’ कर तथा भन्सार महसुल घटाइने अधिकारीहरूले बताएका छन् । (न्युज एजेन्सी नेपाल)