हकप्रद सेयर निष्कासन गर्दै दोर्दी खोला

हकप्रद सेयर निष्कासन गर्दै दोर्दी खोला


काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीमा हाल कायम रहेको १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।