आन्तरिक ऋण नवीकरणका लागि १२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

आन्तरिक ऋण नवीकरणका लागि १२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


काठमाडाैं – नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रिय बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो।

यी ट्रेजरी बिल माघ २३ गते जारी हुनेछ। यसको बोलकबोल सोमबार माघ २२ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।