काठमाडौं – एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि गत आर्थिक वर्षको बोनस सेयर घोषणा गरेको छ।
कम्पनीको १८९ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०. ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले घोषित बोनस सेयरपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्ने जनाएको छ । सो बोनस सेयरपश्चात ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले स्पष्ट पारेको छ ।



About Us
प्रतिक्रिया