कर्जा लगानीमा गुणस्तर बन्न बैंकहरुलाई गर्भनर अधिकारीको निर्देशन 

कर्जा लगानीमा गुणस्तर बन्न बैंकहरुलाई गर्भनर अधिकारीको निर्देशन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तय संस्थाहरुलाई कर्जाको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् ।

बैंकर्सहरुसँगको भर्चुअल छलफलका क्रममा उनले यस्तो निर्देशन प्रस्तुत गरेका हुन । राष्ट्र बैंकले नयाँ बर्ष २०७८ सालको शुभकामना आदन–प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग मंगलबार भर्चुअल कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुलाई कोभिडपछि छोटो समयमै धेरै कर्जा विस्तार भएको भन्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएका हुन । 

शुभकामना आदन–प्रदान कार्यक्रममा ठुला बैंकका प्रमुख कार्यकारी अधिकृतहरुतर्फ इंकित गर्दै गभर्नर अधिकारीे कर्जा बढाउनु राम्रो भएपनि प्रवाहित कर्जा कुन क्षेत्रमा र कुन शिर्षकमा गएको र त्यसमा त्यसमा सचेत हुन निर्देशन दिएको सहभागी एक बैंकरहरुले जानकारी दिए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको र सीसीडी रेसीयोको सीमामा पुनरविचार गरिनु पर्ने बैंकरहरुको भनाइमा गभर्नर अधिकारीले आवश्यकताअनुसार पुनरविचार हुनसक्ने संकेत गरेका थिए ।

सो भर्चुअल शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ र वित्त कम्पनी बैंकर्स संघका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । साथै, अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता थियो ।

शुभकाना आदन प्रदानमा सबैभन्दा पहिला नेपाल बैकर्स संघकातर्फबाट भुवन दाहालले आवश्यकताअनुसार सीसीडीको सीमा, सीआरआरको सीमा र पुनरकर्जाको स्प्रेड बढाउन आग्रह गरेका थिए ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले वाणिज्य बैंक पुग्न बाँकी स्थानीयतहमा समेत विकास बैंकहको उपस्थीति रहेको जानकारी दिँदै सरकारी कारोबार विकास बैंकमार्फत् पनि गर्न पाउने व्यवस्था गर्न भनेका थिए ।

यस्तै, बैंकर्स संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समेत आफ्नो तर्फबाट सम्पुर्ण बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले गर्नु पर्ने सहजिकरणको बारेमा कुरा राखेका थिए । यसका साथै, ठुला मानिने बैंक नबिल बैंकको तर्फबाट अनिल केशरी शाह, राष्ट्रिय वाणिज्य बैंकबाट किरण कुमार श्रेष्ठ, एनआईएसी एशियाको तफृबाट रोशन न्यौपाने लगायत सिभिल बैंक र नेपाल एसबीआइ बैंकका प्रमुखले पनि आफ्नो भनाइ राखेका थिए ।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय बम बहादुर मिश्र र डा. निलम ढुंगााना, प्रवक्ता देव कुमार ढकाल र सह(प्रवत्ता नारायण प्रसाद प्रोखरेल सहित अन्य कार्यकारी निर्देशकहरुको सभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।