लक्ष्मी लघुवित्तको खुद नाफा २ करोड माथि


काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २ करोड माथि पुगेको छ । संस्थाको चालु आर्थिक वर्ष पुस मसान्तसम्मको खुद नाफा २ करोड १५ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड ४० लाख रुपैयाँको घाटामा रहेको संस्थाले जनाएको छ ।

पुस मसान्तसम्ममा लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ । संस्थाको कुल कर्जाको निष्क्रिय कर्जाको अंश ९.६३ प्रतिशत पुगेको हो । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा ५.७२ प्रतिशत थियो । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।