मेगा बैंकको क्यूआर कोड सेवाले रिक्सा चालक खुशी

मेगा बैंकको क्यूआर कोड सेवाले रिक्सा चालक खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
मेगा बैंक नेपालले क्यूआर कोड सेवा पाएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु खुशी भएका छन्।

विद्युतिय रिक्सा चालक मजदुर संघसँगको सम्झौताअनुसार बैंकले धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा तिर्न मिल्ने सुविधा मिलाएको थियो।

यससँगै भाडा लिन निकै सहज भएको भन्दै रिक्सा चालकहरु खुसी भएका हुन्।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा क्यूआर कोड हस्तान्तरण गरेका थिए।

क्यूआर कोडको व्यवस्था गरेकोमा उनीहरुले मेगा बैंकलाई धन्यवाद दिएका थिए।