जनअपेक्षानुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेनः गृहमन्त्री श्रेष्ठ

जनअपेक्षानुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेनः गृहमन्त्री श्रेष्ठ


काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दे उनले समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले आजको केन्द्रिय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताए। तर यसको लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको उनले औल्याए ।

गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु रहेको बताए ।

उनले भने, ‘नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेको छैन आजको केन्द्रिय कार्यभार त्यो नै हो । तर त्यसको लागि सशुासन अनिवार्य शर्त हो । त्यसका लागि सरकारले अहिलेको कानूनको मुल मन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय भनेर अघि बढेको छ । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पनि हो । ’ (न्युज एजेन्सी नेपाल)