बैकिङ्ग समाचार ।
नयाँ वर्षको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि नयाँ रहर, नयाँ अफर योजना ल्याएको छ।
योजना अन्तर्गत अनलाइन सपिङ पोर्टल दराजको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामग्री खरिद गर्दा विशेष छुट दिने भएको हो।
बैंकका ग्राहकहरुले डेबिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
क्रेडिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्छन्।
यो योजना २०७७ चैत २९ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया