उद्योग वाणिज्य महासंघको भिजन:  दश वर्षमा  सय अर्ब डलर निजी लगानी हुने 

उद्योग वाणिज्य महासंघको भिजन:  दश वर्षमा  सय अर्ब डलर निजी लगानी हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आर्थिक विकासका लागि अबका दिनमा गर्नुपर्ने कामहरुलाई समेटेर एउटा भिजन पेपर सार्वजनिक गरेको छ। 

महासंघले साधारणसभाको अवसरमा शनिबार उक्त पेपर सार्वजनिक गरेको हो। आगामी दिनमा आर्थिक विकासका लागि सरकार तथा निजी क्षेत्रले गर्नुपर्ने काम, अवसर तथा परिणामको अनुमान गरिएको उक्त पेपरअनुसार काम भएमा अबको दश वर्षमा नेपालको अर्थतन्त्रको आकाकार सय अर्ब अमेरिकी डलरको पुग्‍ने छ। 

महासंघका अध्यक्ष  शेखर गोल्छाले भिजन पेपर ईमान्दारीपूर्वक कार्यान्वयन भएमा  आगामी  दश वर्षमा १ सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने बताए। 

यसमध्ये  १ सय ८ अर्ब अमेरिकी डलर निजी क्षेत्रबाट लगानी हुने उनको भनाइ छ।  त्यसपछि अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र सय अर्ब डलरमा पुग्नेछ । आगामी दशकमा थप २२ लाखले रोजगारी पाउनेछन् । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । दशवर्षमा आधा घटाउन सकिन्छ'साधारणसभालाई सम्बोधन गर्दै गोल्छाले भने। 

आगामी दिनमा गर्न सकिने  ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयनमा  लिन सकिने उनको भनाइ छ। आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि निजी क्षेत्र र सरकारले इमान्दारीपूर्वक सहकार्य गर्नुपर्ने उनको भनाइ छ।