दुई अंकले बढेको बजारमा यी ६ कम्पनीको सेयर हुनेले कमाए १० प्रतिशत

दुई अंकले बढेको बजारमा यी ६ कम्पनीको सेयर हुनेले कमाए १० प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
कारोबारमा साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २.७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६७४ अंकमा कायम भएको छ। 

यस दिन कारोबार रकम पनि केही खुम्चिएको छ। हिजो ७ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ४७ करोडमा सीमित भएको छ। 

समूहगत रुपमा हेर्दा बैंकिङ १, होटल तथा पर्यटन २९, विकास बैंक २०, फाइनान्स ३९, माइक्रोफाइनान्स १०६ र जीवन बीमा ९१ अंकले बढेका छन्। ब्यापार ३२, जलविद्युत २३, निर्जीवन बीमा ६२, उत्पादन २८ र अन्य समूह २२ अंकले घटेका छन्। 

यस दिन ६ कम्पनीको सेयर हुनेले भने १० प्रतिशत मूल्य कमाएका छन्। एनआइसी एसिया लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र ग्लोबल आइएमई लघुवित्तको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो। 

गुमाउनेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ८ रुपैयाँ (४.४प्रतिशत)ले घटेर १७३ रुपैयाँमा झरेको छ। रसुवागढी हाइड्रोपावरको मूल्य २२ रुपैयाँ (४.१७ प्रतिशत)ले घटेको छ। अजोड इन्स्योरेन्सको मूल्य ३२ रुपैयाँ (५.६ प्रतिशत)ले घटेको छ। 

यस दिन माथिल्लो तामाकोसीको सेयर कारोबार उच्च भएको छ। सो कम्पनीको कुल ३६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भयो। मूल्य १ रुपैयाँ बढेर प्रतिकित्ता ८९२ रुपैयाँ पुगेको छ। 

त्यस्तै निफ्राको २५ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य ३ रुपैयाँ घटेर ५८९ रुपैयाँ कायम भएको छ। नेपाल बैंक, चन्द्रागिरि हिल्स र नबिल बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।