स्ट्याण्डर्ड चार्टर्डको नाफा बढ्यो

स्ट्याण्डर्ड चार्टर्डको नाफा बढ्यो


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आवको तुलनामा नाफामा वृद्धि भएको बताएको हो । बैंकले गत आवको सोही अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत र सञ्चालन नाफा ३.५८ प्रतिशत बढेको छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.९५ प्रतिशत पुगेको छ । हाल ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ छ ।