काठमाडौं – नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्यमी व्यवसायी एवं सी.जी. होल्डिङ्गसका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारी जग्गा हडपेको बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्राउ गर्नु अमानवीय क्रियाकलाप भएको भन्दै आपति जनाएकाे हो ।
विज्ञप्ति जारी गर्दै संघले भनेको छ , ‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’
साथै संघले देशमै केही गर्छु भन्ने व्यवसायीप्रति सरकारले निर्दयी प्रहार गरेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।




About Us
प्रतिक्रिया