काठमाडौं – नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म गत आर्थिक वर्षको तुलनामा २० प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रूपैयाँ खुद नाफा कमाएकाे हाे।
गत वर्ष यस अवधिसम्म कम्पनीले ७३ लाख ६१ हजार रूपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २० दशमलव १७ प्रतिशतले बढी हो ।
सञ्चालनबाट यो ६ महिनामा ३ करोड १० लाख रूपैयाँभन्दा बढी नाफा गरेको कम्पनीले विद्युत विक्रीबाट ५ करोड ४६ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष ८१ लाख २३ हजार रूपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६५ लाख २३ हजार रूपैयाँ वित्तीय खर्च गरेको हो ।



About Us
प्रतिक्रिया