माई खोला हाइड्रोको नाफा घट्यो


काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । गत वर्ष यस अवधिमा १ करोड रुपैयाँ बढी खुद नाफा कमाएको कम्पनीले यस वष ७६ लाख मात्र नाफा कमाएको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीकाे यस वर्ष खुद नाफा घटेको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै खुद नाफा घटेकाे हाे । गत वर्ष ४ करोड ७३ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेकोेमा यस वर्ष ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो ।

यस वर्ष कम्पनीको वित्तीय खर्च भने घटेको छ । गत वर्ष २ करोड १ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९७ लाख रूपैयाँभन्दा बढी यो खर्च गरेको हो ।