इन्फिनिटी लघुवित्तको नाफामा गिरावट

इन्फिनिटी लघुवित्तको नाफामा गिरावट


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको नाफामा ६३.५४ प्रतिशतले कमी आएको हो ।

संस्थाले हालसम्म १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, उक्त संस्थाको खुद ब्याज आम्दानीमा पनि १६.४१ प्रतिशतको कमी आएको छ । खुद ब्याज आम्दानी ३२ करोड २९ लाख रुपैयामा सीमित भएको छ ।संस्थाको सञ्चालन मुनाफामा पनि उच्च गिरावट आएको छ । संस्थाको सञ्चालन मुनाफा ६३.५४ प्रतिशतले घटेर २ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।

हाल संस्थाको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ छ भने संस्थाले जगेडा कोषमा २३ करोड २२ लाख रुपैयाँ राखेको छ । त्यस्तै संस्थाका हाल वितरणयोग्य नाफा ४ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको छ ।