यती एयरलाइन्सले बंगलादेशबाट ल्यायो दुई विमान


काठमाडौं– यती एयरलाइन्सले बंगलादेशबाट खरीद गरेर दुई वटा विमान ल्याएको छ । एटिआर ७२–५०० नामका विमान एयरलाइन्सले बिहीबार साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो । दुईवटै विमान ७२ सिट क्षमताका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ल्याइएका विमान बंगलादेशको नोभा एयरसँग खरीद गरिएको जानकारी दिए । साथै उनले जहाजलाई रंगरोघन, प्राविधिक चेकजाँच गरेर उडाउने बताए ।विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० विमानको संख्या ७ पुगेको उनको भनाइ छ ।

विमानहरुले नेपाली रजिष्ट्रेशन (एन एओएफ) र (एन–एओएच) पाएका छन् ।