लाभांश प्रस्ताव पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

लाभांश प्रस्ताव पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले बैशाख २२ गते, लैनचौर बैंक्वेट, लैनचौरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने फाइनान्सले जनाएको छ।

सभाले कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनुका साथै फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।