एनएलजी इन्स्योरेन्सको साधारण सभा फागुन ३ मा

एनएलजी इन्स्योरेन्सको साधारण सभा फागुन ३ मा


काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनीकोे १८ औं वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ । बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ ।

इस्योरेन्सले सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसँगै नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गर्ने एजेन्डा बनाएको छ । साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्तिसँगै कम्पनीको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसैगरी गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण पनि सभामा हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्नेछ । त्यसकारण माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने नीति छ ।