डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल चयन हुनुभएको छ । एशोसियसनको मंगलबार भरतपुरमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले अध्यक्ष पोखरेलसहित अन्य पदाकिारीलाई सर्वसम्मत चयन गरेको हो ।

एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत चयन हुनुभएको छ ।

सदस्यहरुमा लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य चयन हुनुभएको छ ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले शपथग्रहण गरी कार्यभार पनि सम्हालिसक्नुभएको छ । एशोसियसनको पन्ध्रौं वार्षिक साधारणसभाले आ.व. २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७७/७८ को अनुमानित आयव्यय र लेखा रीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफूलाई अध्यक्षपदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।