काठमाडौं – भारतले आगामी वित्त वर्ष २०२४/ २५ का लागि नेपाललाई दिने अनुदानको ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
भारतले नेपाललाई दिने अनुदान अघिल्लो वर्षको तुलनामा बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/ २४ मा ८ अर्ब ८० करोड विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/ २५ का लागि ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको हो ।
वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी हुन् । वित्त वर्ष २०२२/ २३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।
प्रतिक्रिया