काठमाडौं– बैंकिङ्ग समाचार डटकमले बृहत राष्ट्रिय बीमा संवाद ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन नेपाल बीमा प्राधिकरणलाई बुझाएको छ । बैंकिङ्ग समाचारले गत भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा गरेको डिस्कोर्सको प्रतिवेदन बिहीबार प्राधिकरणलाई बुझाएको हो । उक्त प्रतिवेदन बैंकिङ्ग समाचारका अध्यक्ष राजु ढुंगेलले प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पेस गरेका हुन्।
प्रतिवेदन बुझ्दै अध्यक्ष सिलवालले नेपालमै पहिलो पटक इन्स्योरेन्स डिस्कोर्स गरेकोमा बैंकिङ्ग समाचरलाई धन्यवाद दिए। साथै अध्यक्ष सिलवालले भने,‘ बैंकिङ्ग समाचारको अगुवाइमा बीमा प्राधिकरणसँगको सहकार्यमा भएको इन्स्योरेन्स डिस्कोर्स बीमा क्षेत्रका लागि आवश्यक थियो । यहाँहरुले बीमा क्षेत्रलाई चासोमा राखेर छलफलको विषय बनाउनु निकै सराहनीय काम हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुहुन्छ भन्ने विश्वास प्राधिकरणले लिएकाे छ । प्रतिवेदनबाट आएका सुझावहरुलाई आगामी कार्ययोजनामा समावेश गर्ने छौँ ।’
बीमा प्राधिकरणसँगको सहकार्यमा भएकाे उक्त डिस्कोर्समा अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमाल लगायत आर्थिक क्षेत्रका साथै अन्य क्षेत्रका प्रतिनिधिहरु बीच नेपालको बीमा क्षेत्रको विषयमा छलफल गरिएकाे थियो ।
उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरूमा बृहत परिसंवाद भएकाे थियो ।यस्तै कार्यक्रमको विशेष सत्र डुओलगमा अर्थमन्त्रीसँग बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन बिमर्स गरिएको थियो ।
प्रतिवेदनमा छलफलबाटै निस्किएको नेपालको बीमा क्षेत्रको समस्या, समाधानका उपाय र सम्भावनाहरुलाई समेटिएको छ । बैंकिङ्ग समाचार डटकम बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित समाचार सप्रेषण गर्दे आइरहेको अनलाइन मिडिया हो । साथै यो डिस्कोर्स नेपालमै पहिलोपटक गरिएको बीमा क्षेत्रसँग सम्बन्धित वृहत कार्यक्रम हो।
प्रतिक्रिया