कुमारी बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

कुमारी बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको सम्पन्न गरेको छ। सो अवसरमा बैंकले आफ्ना सबै शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरेको थियो।

बैंकले प्रदेश १ मा रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ।

बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ।

यो बैंकको हालसम्म १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर छ।