‘पीपीपी’ मोडेलमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न अध्ययन समिति गठन

‘पीपीपी’ मोडेलमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न अध्ययन समिति गठन


काठमाडौं – सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको बाराको सिमरामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चलान गर्ने बारे अध्ययन समिति गठन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो ।

विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ सदस्य सचिव रहने गरी पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिले सबैको सुझाव समेटेर दिर्गकालीन हितलाई मध्यनजर गरेर काम गर्ने पूर्वधार लगानीका विज्ञ समेत रहेका समितिका सदस्य घनश्याम ओझाले बताएका छन् ।