कुमारी बैंक र कैलाली अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धि सम्झौता

कुमारी बैंक र कैलाली अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धि सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटलबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्बन्धी सम्झौता भएको छ। कुमारी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली अस्पतालका जनक राज जोसीले उक्त सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता पत्रअनुसार कैलाली अस्पतालमा ओपिडी, बेड चार्जेज, एक्स–रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट पाउनेछन्।

यो बैंकको १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टर छ। साथै ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सिमित समयमा लागि ५ सय सम्मको  छुट पाउन सक्छन्।

खेल १ रुपैयाँको, एड टू कार्ड, मिसन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्ने कम्पनीको भनाइ छ।